मध्य भोटेकोशीको आईपीओमा १.५० करोड कित्ताका लागी आवेदन, कतिले भरे ? « Arthapath.com
२० श्रावण २०७८, बुधबार

मध्य भोटेकोशीको आईपीओमा १.५० करोड कित्ताका लागी आवेदन, कतिले भरे ?



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा साढे ७० हजार जना भन्दा बढीले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार मंगलबार साँझसम्म ७० हजार ८०८ जना आवेदकले १ करोड ५० लाख ६६ हजार ४४२ कित्ताका लागी आवेदन दिएका छन् भने १५ अर्ब ६ करोड ६४ लाख ४२ हजार रुपैयाँ संकलन भएको क्यापिटलले जनाएको छ ।

कम्पनीको यस अघि स्थगन भएको आईपीओ बिक्रि साउन ५ गतेबाट पुनः सुचारु गरेको हो । कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेकोमा निषेधाज्ञाको कारण बैशाख २४ गते बाट नै स्थगित भएको थियो । कम्पनीको आईपीओमा साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो । जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका १ र ५ (साविक लिस्ती . र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका ७ र ८ (साविक घुम्थाङ्ग र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, इसेवा, आईएमई पे बाट अनलाइन आवेदन दिन सकिने ब्यबस्था छ ।


प्रतिक्रिया दिनुहोस्