उपकार लघुवित्तको छलाङ ११८० प्रतिशतले बढ्यो नाफा, प्रतिशेयर आम्दानी कती ?
काठमाडौं । उपकार लघुवित्तको खुद नाफा उल्लेखय रुपले बढेको छ । कम्पनिले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७र७८ को चौथौ त्रैमाससम्मको वित्तिय विवरण अनुसार ६ करोड १३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ११८० प्रतिशतले उकालो लागेको हो ।
लघुवित्तको नाफा संगै निक्षेप संकलन पनि बढाएको छ । असार मसान्तसम्ममा लघुवित्तले ८० करोड ४ लाख रुपैयाँ निक्षेप संकलन गर्न सफल भएको छ । नाफा संगसंगै लघुवित्तले १२ करोड ५४ लाख १९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको भने ४९ करोड ७५ लाख खराब कर्जा उठाएको छ ।
४ करोड २० लाख रुपैयाँ चुत्ता पुजी रहेको लघुवित्तको जगेडा कोषमा १२ करोड ९९ लाख रुपैयाँ सञ्चित रहेको उक्त विवरणमा उल्लेख गरिएको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनिको प्रतिशेयर आम्दानी १४५.६५ रुपैयाँ बढेर १४६.०१ रुपैयाँ कायम पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ४०९.४२ रुपैयाँ छ ।
लघुवित्तले साउन १३ गते प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ६६ हजार २५० कित्ता आईपीओ निष्काशन गर्ने धितोपत्र बोर्डमा निवेदन दिएको छ ।