४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको ज्यान गयो « Arthapath.com
२० श्रावण २०७८, बुधबार

४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको ज्यान गयो



काठमाडौं । आज बुधबार थप ४ हजार १ सय ७ जनामा कोरोनो संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २,९७५ जना र ४,९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४,१०७ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमण हुनेको संख्या ७ लाख ५ हजार ७२ जना पुगेको छ ।

त्यसैगरी वितेको २४ घण्टामा थप ३५ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ सय ५७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३५ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्तमणमुक्त हुनेको संख्या ६ लाख ६१ हजार ६ सय ५१ जना पुगेको छ । हाल देशभर ३३ हजार ४ सय ६४ जना संक्रिय संक्रमित रहेका छन ।


प्रतिक्रिया दिनुहोस्