गुराँस लघुवित्तको नाफा ५१४.७७ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी २६.४६ रुपैयाँ, अन्य सूचक कस्ता ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५१४.७७ प्रतिशत बढेर २ करोड २० लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले खुद नाफा ३५ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ६९.६२ प्रतिशत बढेर ८ करोड ५ लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी ४ करोड ७४ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी ६४.९० प्रतिशत बढेर १० करोड ५२ लाख ४६ हजार रुपैयाँ र सञ्चालन मुनाफा ४९९.३८ प्रतिशत बढेर ३ करोड ३७ लाख ९९ हजार रुपैयाँ पुगेको छ ।
गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पुँजी स्थिर रहेर ८ करोड ३४ लाख रुपैयाँ, जगेडा कोष ११७.०९ प्रतिशत बढेर ३ कोड ९६ लाख ५५ हजार रुपैयाँ, सापटी ३०.०३ प्रतिशत बढेर ७१ करोड ७६ लाख ५९ हजार रुपैयाँ, निक्षेप ४५.७६ प्रतिशत बढेर २० करोड ७५ लाख ३६ हजार रुपैयाँ र कर्जा लगानी ३९.४२ प्रतिशत बढेर १ अर्ब २ करोड ७४ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी २२ रुपैयाँ १५ पैसा बढेर २६ रुपैयाँ ४६ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ५५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७१.८३ गुणा रहेको छ ।