फरवार्ड लघुवित्तको लोभ लाग्दो प्रगति, ब्याज आम्दानी १ अर्ब २७ करोड रुपैयाँ, ईपीएस ५९.१५ रुपैयाँ « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

फरवार्ड लघुवित्तको लोभ लाग्दो प्रगति, ब्याज आम्दानी १ अर्ब २७ करोड रुपैयाँ, ईपीएस ५९.१५ रुपैयाँ



काठमाडौं । फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १८०.७९ प्रतिशत बढेर ५७ करोड ४६ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २० करोड ४६ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ६९.४६ प्रतिशतले बढेर १ अर्ब २७ करोड ४१ लख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी ७५ करोड १८ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी ७८.९० प्रतिशत बढेर ३५ करोड ५२ लाख ४३ हजार रुपैयाँ र सञ्चालन मुनाफा १८०.१७ प्रतिशत बढेर ९० करोड २९ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी यथावत रहेर ६२ करोड ५५ लाख १९ हजार रुपैयाँ, जगेडा कोष ५६.५७ प्रतिशत बढेर १ अर्ब २६ करोड ६७ लाख ८२ हजार रुपैयाँ, सापटी ४५.१३ प्रतिशत बढेर ८ अर्ब ६३ करोड ५९ लाख ७९ हजार रुपैयाँ, निक्षेप १८.६७ प्रतिशत बढेर ६ अर्ब ६४ करोड ८७ लाख ९० हजार रुपैयाँ र कर्जा लगानी ३४.२० प्रतिशत बढेर १५ अर्ब ५६ करोड ९५ लाख १५ हजार रुपैयाँ रहेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ५९ रुपैयाँ १५ पैसा बढेर ९१ रुपैयाँ ८७ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ३०२ रुपैयाँ ५२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.१५ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्