एनएमबि लघुवित्तको नाफामा उल्लेख्य बृद्धि, सञ्चालन मुनाफा १२३९ प्रतिशतले उछाल, अन्य सूचक कस्ता ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १६२.९७ प्रतिशत बढेर १९ करोड ८७ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद नाफा ७ करोड ५५ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तको खुद ब्याज आमदानी ६८.८९ प्रतिशत बढेर ४७ करोड ३ लाख २६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७ करोड ८४ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी ०.५९ प्रतिशत घटेर ९९ लाख २४ हजार रुपैयाँ र सञ्चालन मुनाफा १२३९.१२ प्रतिशत बढेर ३१ करोड ४८ लाख ५५ हजार रुपैयाँ रहेको छ ।
गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर ५३ करोड ९८ लाख ५ हजार रुपैयाँ, जगेडा कोष ३३.४४ प्रतिशत बढेर ३६ करोड ५५ लाख ११ हजार रुपैयाँ, सापटी २१.४५ प्रतिशत बढेर २ अर्ब ७९ करोड ५६ लाख १६ हजार रुपैयाँ, निक्षेप १३.९५ प्रतिशत बढेर १ अर्ब ६७ करोड ३८ लाख ९ हजार रुपैयाँ र कर्जा लगानी ३९.१० प्रतिशत बढेर ५ अर्ब २ करोड ३७ लाख १३ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ १६ पैसा बढेर ३६ रुपैयाँ ८३ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १६७ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३८.८० गुणा रहेको छ ।