हालै आईपीओ जारी गरेको जीवन विकास लघुवित्तको नाफा १०२ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

हालै आईपीओ जारी गरेको जीवन विकास लघुवित्तको नाफा १०२ प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी भने घट्यो



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १०१.९७ प्रतिशत बढेर ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको खुद नाफा ३४ करोड १४ लाख २३ हजार रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले खुद ब्याज ४९.२९ प्रतिशत बढेर १ अर्ब ४१ करोड ६७ लाख ११ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी ९४ करोड ८९ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी ३०२.६१ प्रतिशत बढेर ४० करोड ५५ लाख ३३ हजार रुपैयाँ छ भने सञ्चालन मुनाफा भने ९.४६ प्रतिशत घटेर ३८ करोड ३७ लाख ४१ हजार रुपैयाँमा सिमित भएको छ । लघुवित्तले सम्भावित जोखिम बापतको व्यवस्थामा ७६ करोड १७ लाख रुपैयाँ छुट्याउँदा सञ्चालन मुनाफा घटेको हो । लघुवित्तले ६७ करोड १७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

समिक्षा अवधमा लघुवित्तको चुक्ता पूँजी ३३४.५७ प्रतिशत बढेर ६० करोड ८४ लाख रुपैयाँ, जगेडा कोष १३७.६२ प्रतिशत बढेर १ अर्ब ३० करोड ९४ लाख ७ हजार रुपैयाँ, सापटी १९३.१७ प्रतिशत बढेर ९ अर्ब ९२ करोड ४७ लाख ४९ हजार रुपैयाँ, निक्षेप ४३.८८ प्रतिशत बढेर ८ अर्ब ९ करोड ४ लाख १९ हजार रुपैयाँ र कर्जा लगानी ९१.८७ प्रतिशत बढेर २० अर्ब ४५ करोड ८२ लाख ३७ हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी १३० रुपैयाँ ५३ पैसा घटेर ११३ रुपैयाँ ३४ पैसामा सिमित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ३१५ रुपैयाँ २२ पैसा रहेको छ ।

लघुवित्तले हालै मात्र आईपीओ निष्कासन तथा बिक्री गरेको हो भने साउन १४ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको थियो ।


प्रतिक्रिया दिनुहोस्