नेप्सेमा विभिन्न ७ कम्पनीको २ करोड ६१ लाख कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति ? « Arthapath.com
२६ असार २०८२, बिहीबार

नेप्सेमा विभिन्न ७ कम्पनीको २ करोड ६१ लाख कित्ता सेयर सूचीकृत, कुन कम्पनीको कति ?



काठमाडौं । गत साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ७ कम्पनीको सेयर सूचीकृत भएको छ । गत साता आइतबारदेखि शुक्रबारसम्म विभिन्न ७ कम्पनीको २ करोड ६१ लाख ३० हजार १८९.१७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ नेप्सेमा सूचीकृत भएको हो भने नाडेप लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, मिथिला लघुवित्त, रिलायन्स फाइनान्स र प्रुडेन्सियल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

युनियन लाइफको २ करोड १५ लाख कित्ता र मनकामना स्मार्ट लघुवित्तका १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो ।

तयस्तै, नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशत बोनस बापतको ३ लाख ६८ हजार कित्ता, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको १२ लाख ५१ हजार ३८.५० कित्ता, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ प्रतिशत बोनस बापतको १ लाख ४६ हजार ८९.१ कित्ता, रिलायन्स फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ३२ हजार ४१६.०६ कित्ता र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८ लाख २१ हजार १४५.६० कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्