एचआईडिसीएलको हकप्रद शेयरमा आवेदन दिने समय थप, अब कहिलेसम्म आवेदन दिन सकिन्छ ?
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) को शेयरमा आवृदन दिने समय थप गरिएको छ । कम्पनीको शेयरमा आवेदन दिने समय १५ दिन थप गरिएको हो ।
कम्पिनीको साउन २१ गते बसेको बैठकले कोरोना महामारीको असहज परिस्थिति र प्राप्त आवेदनका आधारमा म्याद थप्न अनुरोध भएअनुसार धितोपत्र निष्काशन तथा दर्ता नियमावली २०७३ को नियम १८ को उपनियमन २ अनुसार समय थपिएको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटले जनाएको छ ।
कम्पनीले साउन ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको शतप्रतिशत हकप्रद शेयरमा साउन २५ गते अन्तिम म्याद रहेकोमा अब भने लगानीकर्ताले भदौ ८ गतेसम्म आवेदन दिने सक्नेछन् ।
कम्पनीले १ सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद बिक्री गरेको हो । हकप्रद निष्काशनका जेठ २८ गते बुकक्लोज गरिएको थियो। यसअनुसार जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र आवेदन दिन पाउँछन् ।
कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।