चिलिमे जलविद्युतका अधिकांश सूचक घटे, नाफा ६ प्रतिशत घट्दा प्रतिशेयर आम्दानी ११.१७ रुपैयाँमा झर्यो « Arthapath.com
२३ असार २०८२, सोमबार

चिलिमे जलविद्युतका अधिकांश सूचक घटे, नाफा ६ प्रतिशत घट्दा प्रतिशेयर आम्दानी ११.१७ रुपैयाँमा झर्यो



काठमाडौं । चिलिमे जलविद्युत कम्पनी लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ५.८७ प्रतिशत घटेर ७० करोड १८ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले दुख नाफा ७४ करोड ५५ लाख ९० हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत आवको असार मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी १.११ प्रतिशत घटेर १ अर्ब १२ करोड ८० लाख ५२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही सोही अवधिमा कम्पनीले विद्यत बिक्री आम्दानी १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ५.१९ प्रतिशत घटेर ७५ करोड ४१ लाख २३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले सञ्चालन मुनाफा ७९ करोड ५३ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको चुक्ता पूँजी १० प्रतिशत बढेर ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ र जगेडा कोष १०.३९ प्रतिशत घटेर ३ अर्ब ८५ करोड ६५ लाख ८२ हजार रुपैयाँमा सिमित छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ८८ पैसा घटेर ११ रुपैयाँ १७ पैसामा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.५० गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्