सिनर्जीको १०.५२ प्रतिशत लाभांश घोषणा, २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने « Arthapath.com
२५ श्रावण २०७८, सोमबार

सिनर्जीको १०.५२ प्रतिशत लाभांश घोषणा, २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने



काठमााडौं । सिनर्जीले बोनस र हकप्रद घोषणा घोषणा गरेको छ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, कम्पनीले बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतशित अर्थात २ः१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने पनि घोषणा गरेको हो । कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गरेपश्चात चुक्ता पूँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । हकप्रद शेयर पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार ५०० रुपैयाँ पुग्नेछ ।

आगामी वार्षिक साधारण सभामा कम्पनीले सो प्रस्ताव पेश गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्