सामुदायिक लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार, कुन सूचकमा कति प्रगति गर्यो ? « Arthapath.com
२६ असार २०८२, बिहीबार

सामुदायिक लघुवित्तको अधिकांश सूचकमा उल्लेख्य सुधार, कुन सूचकमा कति प्रगति गर्यो ?



काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १६०.८७ प्रतिशत बढेर १ करोड ७३ लाख ३५ हजार रुपैयाँ आर्जन गरेको छ ।

गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ३०.२९ प्रतिशत बढेर १० करोड ९५ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १०४.०६ प्रतिशत बढेर १ करोड ९९ लाख ५५ हजार रुपैयाँ पुगेको छ । लघुवित्तको सम्भावित जोखिम बापत ४१ प्रतिशत बढेर ४ करोड २२ लाख रुपैयाँ व्यवस्था गरेको छ । यस अवधिमा लघुवित्तले ७२ लाख ८६ हजार रुपैयाँ खराब कर्जा संकलन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेर १३ करोड २० लाख रुपैयाँ, जगेडा कोष ३२.३२ प्रतिशत बढेर ६ करोड ६६ लाख ६७ हजार रुपैयाँ, सापटी २६.६१ प्रतिशत बढेर ७१ करोड १६ लाख ७६ हजार रुपैयाँ, निक्षेप १६.६८ प्रतिशत बढेर ५० करोड ३० लाख ९४ हजार रुपैयाँ र कर्जा २०.०२ प्रतिशत बढेर १ अर्ब २७ करोड १९ लाख ४० हजार रुपैयाँ पुगेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १० पैसा बढेर १३ रुपैयाँ १३ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ११५.५९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ५१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्