कालिका लघुवित्तको नाफा १७६१ प्रतिशतले छलाङ, सञ्चालन मुनाफा ऋणात्मक हुँदा ईपीएस शतप्रतिशत बढ्यो « Arthapath.com
२६ श्रावण २०७८, मंगलवार

कालिका लघुवित्तको नाफा १७६१ प्रतिशतले छलाङ, सञ्चालन मुनाफा ऋणात्मक हुँदा ईपीएस शतप्रतिशत बढ्यो



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १७६१ प्रतिशत बढेर ५ करोड ५२ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद नाफा २९ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ७३.९१ प्रतिशत बढेर २९ करोड १५ लाख ६ हजार रुपैयाँ आर्जन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा २ करोड ६० लाख ९ हजार रुपैयाँ ऋणात्मक रहेको छ । लघुवित्तले सम्भावित जोखिम बापत १४२.२३ प्रतिशत बढाएर १९ करोड ७० लाख ६६ हजार रुपैयाँ व्यवस्था गरेको छ भने ११ करोड ३६ लाख रुपैयाँ खराब कर्जा संकलन गरेको छ ।

गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी स्थिर रहेर २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ, जगेडा कोष ४७.२७ प्रतिशत बढेर १५ करोड ३ लाख ५५ हजार रुपैयाँ, सापटी १९.०५ प्रतिशत बढेर १ अर्ब ३६ करोड १० लाख २९ हजार रुपैयाँ, निक्षेप ८.४७ प्रतिशत बढेर १ अर्ब १५ करोड ८३ लाख १४ हजार रुपैयाँ र कर्जा २४.७५ प्रतिशत बढेर ३ अर्ब ५८ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको छ ।

लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) १८ रुपैयाँ ८२ पैसा बढेर १९ रुपैयाँ ८९ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ७१.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५४ रुपैयाँ १७ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्