नाडाको ४५ औं वार्षिक साधारण सभा र निर्वाचन स्थगित « Arthapath.com
२६ श्रावण २०७८, मंगलवार

नाडाको ४५ औं वार्षिक साधारण सभा र निर्वाचन स्थगित



काठमाडौं । नाडाको ४५ औं वार्षिक साधारण सभा तथा निर्वाचन स्थगित भएको छ । साउन १५ गते बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको केन्द्रीय कार्य समितिको १३ औं बैठकले नाडाको ४५ औं वार्षिक साधारण सभा तथा २१ औं निर्वाचन स्थगित गरेको हो ।

नाडाको वार्षिक साधारण सभा तथा निर्वाचनका लागी भदौ २५ गते सम्पन्न गर्ने निर्णय गरेको थियो तर काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले उक्त साधारण सभा गर्न अनुमति नदिएपछि स्थगित गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौले भदौ १९ गते सम्ममा कोभिड १९ को संक्रमण दर अझ उच्च हुन गई तेश्रो लहर समेत आउन सक्ने भन्दै सभा र सम्मेलन आदि गर्न नपाउने विषयमा सार्वजनिक सुचना जारी गरेको सन्दर्भमा नाडाले सो साधारण सभा तथा निर्वाचन स्थगित गरेको नाडाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्