नेपाल एग्रो लघुवित्तको नाफा ३९१ प्रतिशत बढ्यो, सञ्चालन मुनाफा १३८२ प्रतिशत उछाल, ईपीएस ४५.९५ रुपैयाँ

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ३९१.१२ प्रतिशत बढेर २ करोड ९९ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद नाफा ६१ लाख ६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १६८.४० प्रतिशत बढेर ७ करोड ४८ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले २ करोड ७८ लाख ७० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १३८१.८८ प्रतिशत बढेर ४ करोड ५७ लाख १३ हजार रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको सम्भावित जोखिम बापत १३२६.३१ प्रतिशत बढाएर ९ करोड २८ लाख ३९ हजार रुपैयाँ व्यवस्था गरेको छ ।
गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी १४ प्रतिशत बढेर ६ करोड ५२ लाख ५८ हजार रुपैयाँ, जगेडा कोष १६६ प्रतिशत बढेर ४ करोड १२ लाख २ हजार रुपैयाँ, सापटी ९.३८ प्रतिशत बढेर ६५ करोड ३३ लाख ९९ हजार रुपैयाँ, निक्षेप संकलन १२.६३ प्रतिशत बढेर २७ करोड ५७ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी (ईपीएस) ४५ रुपैयाँ ९५ पैसा रहेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १५.६७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ रहेको छ ।
इन्फिनिटी लघुवित्त र नेपाल एग्रो लघुवित्तको एकिृत कारोबार भदौ ४ गतेदेखि शुरु हुँदै छ। इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गरेपश्चात इन्फिनिटी लघुवित्तका नामबाट भदौ ४ गतेदेखि एकिकृत कारोबार हुने भएको हो । इन्फीनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई १ः०.९८ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न लागेको हो । नेपाल एग्रो लघुवित्तको १०० कित्ता सेयरलाई इन्फिनिटी लघुवित्तको ९८ कित्ता सेयर दिने गरी स्वाप रेसियो कायम गरिएको छ ।