एनआईसी एशिया लघुवित्तद्वारा साँवा र ब्याजमा साढे ३५ हजारलाई १.४९ करोड रुपैयाँ छुट
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेले ब्याज रकममा १० प्रतिशत छुट प्रदान गरेको विवरण सार्वजनिक गरेको छ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेले २०७८ आषाढ महिनामा सेवाग्राही सदस्यहरुलाई व्याज रकममा १० प्रतिशत छुट प्रदान गरेको विवरण सार्वजनिक गरेको हो ।
लघुबित्तले गत आर्थिक वर्ष २०७७–७८ असार महिनामा कोरोना महामारीको दोस्रो चरणका कारण अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा कमी आएको विषम परिस्थितिमा संस्थामा आबद्ध सेवाग्राही सदस्यहरुलाई सहुलिएत दिने उदेश्यले आषाढ मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम गत असार ४ गतेदेखि असार ३१ गतेसम्ममा संस्थालाई चुक्ता गरेमा ब्याज रकमको १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय बमोजिम २७० वटा शाखा कार्यालयहरुबाट देशब्यापीरुपमा ३५ हजार ७७७ जना सेवाग्राही सदस्यहरुले बुझाएको साँवा तथा ब्याज रकममध्ये ब्याज रकम रु १ करोड ४९ लाख ८०९ रुपैयाँ छुट प्रदान गरिएको छ । ब्याज छुटले गर्दा सेवाग्राही सदस्यहरुलाई केहि हदसम्म आर्थिक भार कम गराई महामारीसँग जुध्ने हौसला समेत प्राप्त भएको संस्थाको विश्वास रहेको छ । संस्थाले मुलुकभर ७३ जिल्लामा २७० शाखा कार्यालयहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।