युनाइटेड इन्स्योरेन्सको साधारण सभा आज हुँदै, के–के छन् एजेण्डा ?

काठमाडौं । युनाइटेड इन्स्योरेन्सको २७ औँ वार्षिक साधारण सभा आज (साउन ३१ गते, आइतबार) हुँदैछ । युनाइटेड इन्स्योरेन्सको २७ औँ वार्षिक साधारण सभा आज (साउन ३१ गते) भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभाले आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ । त्यस्तै, सभामा लेखापरीक्षण प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित अनुसूचीहरु पारित गर्ने र आर्थिक वर्ष २०७७–७८ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले साउन २० गतेका दिनदेखि बुकक्लोज गरिसकेको छ । त्यसैले साउन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा सहभागिता भाग लिन पाउनेछन् ।
