मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस प्रस्ताव « Arthapath.com
३१ श्रावण २०७८, आईतवार

मिर्मिरे लघुवित्तको २० प्रतिशत बोनस प्रस्ताव



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २० प्रतिशत बोन शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । हिजो बसेको संचलक समितिको बैठकले गत आव २०७७÷८८ बाट शेयरधनीलाई २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त कम्पनिले प्रस्ताव गरेको २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि लघुवित्तको साधारण सभाले पारीत गरेसंगै शेयरधनीहरुले पाउने छन ।

लघुवित्तको हाल कम्पनीको चुक्ता पूँजी ४३ करोड ५० लाख ७१ हजार रहेको छ । बोनसशेयर वितरणपछि चक्ता पूजी ५२ करोड २० लाख ८५ हजार रुपैयाँ पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्