जनरल इन्स्योरेन्सको नाफा ७८.२७ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो छ ? « Arthapath.com
३१ श्रावण २०७८, आईतवार

जनरल इन्स्योरेन्सको नाफा ७८.२७ प्रतिशतले बढ्यो, अन्य सुचक कस्तो छ ?



काठमाडौ ं। जनरल इन्स्योरेन्स कम्पनीले ९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ९ करोड खुद नापाm कमाएके छ । यो गत आर्थिक वर्षको तुलनामा ७८।२७ प्रतिशत बढि हो । अघिल्लो आर्थिक वर्षमा कम्पनिले ५ करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफा बढेसंगै इन्स्योरेन्सके बीमाशुल्क भने घटेको छ । कम्पनिले गत आर्थिक वर्षमा २० करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको हो । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले २० करोड ९६ लाख रुपैयाँ खुद बिमाशुल्क आर्जन गरेको थियो ।

इन्स्योरेन्सले बीमा कोषमा १० करोड १६ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष्मा ८ करोड ७५ लाख रुपैया रहेको छ । कम्पनिको चुत्ता पुजी १ अर्ब रुपैयाँ पुगेको छ ।

कम्पनिले सार्वजनिक गरेको विवरण अनुसार लगानी कर्जा तथा अन्य आयबाट ८ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा ७ करोड बढि हो । गत आर्थिक वर्षमा कम्पनिले १ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । चौथौ त्रैमाससम्म आइपुग्दा कम्पनिले ७ करोड ४९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ ।

त्यसैगरी कम्पनिको प्रतिशेयर आम्दानी कम्पनीको प्रति शेयर नेटवर्थ ११९ रुपैयाँ ६५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्