ङादी ग्रुप पावरले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

ङादी ग्रुप पावरले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने



काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । लाभांश संगै कम्पनिले हकप्रद शेयरपनि निष्काशन गर्ने प्रस्ताव गरेको छ ।

आज बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनिले एक सुचना जारी गदै जानकारी दिएको छ ।

बैठकले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको १ः२ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव समेत गरेको उक्त सुचनामा उल्लेख गरेको छ ।


प्रतिक्रिया दिनुहोस्