कुमारी बैंकका ग्राहाकले स्मार्ट लगिन च्यालेन्जमा सहभागी हुदा १० हजार नगद राशी पाउने « Arthapath.com
३२ श्रावण २०७८, सोमबार

कुमारी बैंकका ग्राहाकले स्मार्ट लगिन च्यालेन्जमा सहभागी हुदा १० हजार नगद राशी पाउने



काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहर्कहरुलाई लक्षित गरी “Kumari Smart 1-month Login Challenge” नामक आकर्षक अभियान शुरु गरेको छ । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले उक्त च्यालेन्ज ल्याएको छ ।


उक्त अभियानमा Lucky draw मार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीहरुले १ हजारका दरले पुररस्कार प्राप्त गर्नेछन् । यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार १० हजार नगद प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस अभियानमा सहभागी हुन ग्राहकहरुले सो अभियान शुरू भएको १ महिना सम्म तल मध्ये न्यूनतम कुनै एक कार्य दैनिक रुपमा गर्नुपर्नेछ । सो अभियान भाद्र १ २०७७ देखि सुरू हुदैंछ ।

१. Kumari Smart एप मार्फत आफ्नो खाताको विवरण (Bank Statement) हेर्ने अथवा
२. टप–अप, बिल भुक्तानी, क्यूआर (QR) भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्नेछ

कुमारी बैंकले आफ्ना देशव्यापी १९४ शाखा सञ्जाल, १६५ एटिएम, २८ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्