सोमबार थप ३४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु « Arthapath.com
३२ श्रावण २०७८, सोमबार

सोमबार थप ३४५१ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु



काठमाडौं । आज सोमबार पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ५१ जनामा कोरोन ासंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यो संगै संक्रमितको कुल संख्या ७ लाख ३४ हजार ८३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । यो संगै कोरोना संक्रमणबाट मुत्यु हुनेको संख्या १० हजार ३ सय २७ पुगेको छ ।

सोमबार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ हजार ४ सय ५८ रहेका छन । यो संगै कोरोना स.क्रमणमुक्त हुनेको संख्या ६ लाख ८५ हजार १ सय ४० जना पुगेको छ । हाल देशभर ३९ हजार ३ सय ७१ जना सक्रिय संक्रमित रहेका छन र

सबैभन्दा धेरै काठमाडौंमा ६७७, झापामा ३३२, चितवनमा २०५, कास्कीमा १८३, ललितपुरमा १६७, भक्तपुरमा ११७ र सुनसरीमा ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्