मध्य भोटेकोशीको आईपीओमा कतिले दिए आवेदन ? यस्तो छ अन्तिम तथ्याङ्क « Arthapath.com
१ भाद्र २०७८, मंगलवार

मध्य भोटेकोशीको आईपीओमा कतिले दिए आवेदन ? यस्तो छ अन्तिम तथ्याङ्क



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपीओमा आईपीओमा १ लाख १० हजार भन्दा बढीले आवेदन दिएका छन् । सोमबारसम्मको तथ्याङ्क अनुसार १ लाख १० हजार २८ जना आवेदकले १ करोड ९३ लाख २५ हजार ७८० कित्ताका लागी १ अर्ब ९३ करोड २५ लाख ७८ हजार रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

कम्पनीको यस अघि स्थगन भएको आईपीओ साउन ५ गतेबाट पुनः बिक्री खुला गरेको थियो । कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको थियो तर निषेधाज्ञाको कारण बैशाख २४ गते स्थगित भएको थियो । कम्पनीको आईपीओमा आवेदन दिने समय हिजो सोमबार सकिएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी ६ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता निष्काशन गरेको थियो । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका १ र ५ (साविक लिस्ती . र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका ७ र ८ (साविक घुम्थाङ्ग र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्