रुरु जलविद्युतले २१.०५२ प्रतिशत लाभांश दिने « Arthapath.com
२ भाद्र २०७८, बुधबार

रुरु जलविद्युतले २१.०५२ प्रतिशत लाभांश दिने



काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनस्ले २ आर्थिक वर्षको लाभांश घोषणा गरेको हो । कम्पनीको भदौ १ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ को लागी लाभांश घोषणा गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६–७७ को मुनाफाबाट चुक्ता पुँजीको १०.५२६३ प्रतिशत र आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश आगामी १५ औँ र १६ औँ वार्षिक साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्