एनवाइईएफ र एफएनसीसीआईबीच युवा उद्यमशीलता र स्टार्टअपको बृद्धि गर्नबारे सम्झौता
काठमाडौं । एनवाइईएफ काठमाण्डौ च्याप्टर र एफएनसीसीआई स्टार्टअप एण्ड इनोवेशन कमिटीले नेपालमा युवा उद्यमशीलता र स्टार्टअपको बृद्धि र उत्थान को लागी एक साथ काम गर्न आपसी सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ ।
एफएनसीसीआईका प्रतिनिधि रणजीत आचार्य (अध्यक्ष) को प्रतिनिधित्वमा एफएनसीसीआई, एनवाइईएफ स्टार्टअप पुरस्कारमा साझेदार बन्न सहमत भएको हो । एनवाइईएफ काठमाडौं अध्यायका तर्फबाट अध्यक्ष निरज कर्माचार्यद्वारा प्रतिनिधित्व गरिएको थियो ।
नेपाली युवा उद्यमी मंच (NYEF) नेपालमा युवा उद्यमीहरुको एक शीर्ष निकाय हो । यो एक सदस्यता आधारित गैर नाफा मुलक संगठन हो । सकारात्मक व्यापार सोच र सशक्तिकरण को लक्ष सहित स्थापित यो संस्था, नेपाली युवाहरु बीच विचार आदान प्रदान, फेलोशिप, शिक्षा, प्रशिक्षण र वकालत को माध्यम बाट उत्कृष्ट उद्यमीहरु सिर्जना गर्ने लक्ष्य लिदै अगाडी बढेको छ ।
एनवाइईएफले देश भित्रका सबै युवा उद्यमीहरुलाई एक साथ ल्याउन सहयोग पुर्याउदै आएको छ । यस मंचले युवा उद्यमीहरुको प्रभावी र अत्यावस्यक नेटवर्किंग को माध्यम बाट उद्यमी मानसिकता र साझा दृष्टिकोण लाई बढावा दिन्छ । काठमाडौंमा एक सफल सुरुवात पछि, एनवाइईएफको अब नेपालको १० विभिन्न शहरहरु मा अध्यायहरु रहेका छन् ।