कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय « Arthapath.com
२० असार २०८३, शनिबार

कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय



काठमाडौँ । सरकारले कृष्ण जन्मअष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषदको बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन ।

त्यसैगरी बैठकले सरकारले ७ गते सोमबार गाईजात्रामा नेवार समुदायका लागि देशैभर बिदा दिने निर्णय गरेको कार्कीले बताए।


प्रतिक्रिया दिनुहोस्