यस साता सेयर बजार २ दिन बन्द हुने « Arthapath.com
२६ असार २०८२, बिहीबार

यस साता सेयर बजार २ दिन बन्द हुने



काठमाडौं । यस साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ दिन बन्द हुने भएको छ । साताको ५ दिन नियमित रुपमा सञ्चालन हुँदै आएको सेयर बजार यस साता ३ दिन मात्रै खुल्ने भएको छ ।

यस साता २ दिन सार्वजनिक बिदा परेका कारण सेयर बजार पनि बन्द हुने भएको हो । आइतबार जनैपूर्णीमा तथा रक्षा बन्धन र सोमबार गाईजात्रा पर्व परेकाले सरकारले सार्वजनिक बीदा दिएको छ ।

सोही कारण आइतबार र सोमबारका दिन सेयर बजार बन्द हुने भएको हो । यस साता ३ दिन मात्रै सेयर बजार खुल्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्