फेरी बढ्यो खाना पकाउने ग्यास र पेट्रोलको मूल्य, ग्यास प्रतिसिलिण्डर १४५० पुग्याे « Arthapath.com
७ भाद्र २०७८, सोमबार

फेरी बढ्यो खाना पकाउने ग्यास र पेट्रोलको मूल्य, ग्यास प्रतिसिलिण्डर १४५० पुग्याे



काठमाडौं । नेपाल आयल निगमले सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजार मूल्य वृद्धि भएको भन्दै डिजेल, मट्टीतेल, पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बुद्धी गरेको हो ।

निगमले पेट्रोल, डिजेल र मट्टीतेल लिटरमा दुई रुपैयाँ बढाएको छ । अब डिजेल र मट्टीतेलको मूल्य लिटरको एक सय १३, रुपैयाँ पेट्रोलको एक सय ३० रुपैयाँ पर्ने छ ।

त्यसैगरी खाना पकाउने ग्यासको मुल्य सलिन्डरमा २५ रुपैयाँ बढाएर १४ सय ५० पुगेको छ । भने हवाई इन्धनमा आन्तरिकतर्फ लिटरको ८६ रुपैयाँ कायम भएको छ । हवाई इन्धन अन्तर्राष्ट्रिय उडानतर्फ लिटरमा प्रतिकिलोलिटर सात सय ७० डलर कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्