एचआईडिसीएलको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौं । हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ५ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरेको हकप्रद सेयरमा आवेदन दिने आज (भदौ ८ गते, मंगलबार) अन्तिम दिन हो ।
कम्पनीले १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । एचआईडिसीएलको लगानिकर्ताले आजसम्म आवेदन दिन पाउँछन । कम्पनिले छिटोमा २५ गतेसम्मका लागि बिक्री खुल्ला गरेकोमा पुर्ण रुपमा आवेदन नपरेकाले १५ दिन थप गरी आजसम्म आवेदन दिने समय थप गरेको थियो ।
कम्पनिको हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन् ।
कम्पनीले हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते एक बुक क्लोज गरेको थियो । तसर्थ जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले उक्त हकप्रदमा आवेदन दिन पाउने छन । कम्पनीको हकप्रदलाई केयर रेटिङ्ग नेपालले केयर एनपी सिङ्गल ए माइनस आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्वको नियमित भुक्तानीको पर्याप्त सुनिश्चितता रहने र न्यून क्रेडिट जोखिममा रहेको संकेत गर्दछ ।