भारतमा बझाङका धनुस ओखेडा झुण्डिएको अवस्थामा मृत भेटिए « Arthapath.com
१३ भाद्र २०७८, आईतवार

भारतमा बझाङका धनुस ओखेडा झुण्डिएको अवस्थामा मृत भेटिए



काठमाडौं । भारतमा एक जना नेपाली झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । भारतको तामिलनाडू राज्य तिरपूरमा बझाङको केदारस्युँ गाउँपालिका वडा न. २ स्थित जुब गाउँका धनुस ओखेडा झुण्डिएको अवस्थामा मृत भेटिएको सेती महाकाली प्रवास सेवा समिति भारतले जनाएको छ । मृतक धनुस ओखेडा हिजो शनिबार ३ बजेतिर झुण्डिएको अवस्थामा भेटिएको बताईएको छ । उनी आफ्नै कोठामा मृत भेटिएका हुन् ।

समितिका अनुसार बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर २ जुब गाउँ बस्ने रामलाल ओखेडाका छोरा बर्ष २० का धनुस ओखेडाले भदौ १२ गते (अगष्ट २८) ३ बजे भारतको तामिलनाडु राज्य तिरुपुर जिल्ला अन्तरगत कनियुरमा आफ्नै रुममा मृत भेटिएका हुन् ।

उनी झुण्डिएर मृत भेटिएकाले पासो लगाएर आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । घटनाको अनुसन्धान भईरहेकाले घटनाको पूरा विवरण आउन नसकेको समितिले बताएको छ । यो सहित १ महिनाको अवधिमा भारतमा ६ जनाको ज्यान गइसकेको छ । जसमा १ जना गाडीको ठक्करले मृत्यु भएको हो भने अन्य ५ जनाले पासो लगाईएको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस्