एनआईसी एशिया क्यापिटलकाे साधारण सभाद्वारा ४८ प्रतिशत लाभांश पारित « Arthapath.com
४ असार २०८३, बिहिबार

एनआईसी एशिया क्यापिटलकाे साधारण सभाद्वारा ४८ प्रतिशत लाभांश पारित



काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज क्यापिटलको रजिष्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा सम्पन्न भएको होे ।

साधारण सभाले सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४८ प्रतिशत (कर सहित) का दरले हुन आउने ९ करोड ६० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभामा क्यापिटलका अध्यक्ष कपिल ढकालले क्यापिटलले स्थापनाको ५ बर्षको छोटो अवधि मै हाल सञ्चालनमा रहेका ३० मर्चेन्ट बैंकर्स मध्ये निक्षेप सदस्य तर्फ प्रथम, म्युचुअल फण्डमा दोस्रो तथा लगानी ब्यवस्थापनमा दोस्रो स्थानमा रहन सफल भएको जानकारी दिए ।

साथै क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत आ.व. २०७७/७८ को अन्त्य सम्ममा १० वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको एवं निष्काशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हाल सम्म ७ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १५ वटा कम्पनीको बोलकबोल मार्फत शेयर बिक्री गरेको बताएको छ ।

अत्याधुनिक प्रणालीको ब्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता र मेरो शेयर खाता खोल्न, नविकरण गर्ने, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद तथा लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ । साथै आगामी दिनमा लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, खुलामुखी योजनाको इकाईको खरिद बिक्री लगायतका क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईज रुपमा उपत्यका बाहिरबाट समेत अनलाईन मार्फत गर्दै लैजाने रणनीति संस्थाले लिएको छ ।

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरगतको बन्दमुखी सामूहिक लगानी कोष योजनाहरु एन आई सी एशिया ग्रोथ फण्ड, एन आई सी एशिया ब्यालेन्सड् फण्ड तथा एन आई सी एशिया सेलेक्ट–३० इन्डेक्स फण्ड र पहिलो खुलामुखी योजना एन आई सी एशिया डाइनामिक डेप्ट फण्ड संचालन गरिरहेको छ । साथै संस्थाले पाँचौ बन्दमुखी योजना एन आई सी एशिया फेलेक्सी क्याप फण्ड संचालनको अन्तिम तयारी रहेको क्यापीटलले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्