९ करोड रूपियाँ बराबरको कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ « Arthapath.com
१३ भाद्र २०७८, आईतवार

९ करोड रूपियाँ बराबरको कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ



काठमाडौं । लगभग ९ करोड रुपैयााको कोकिनसहित ३ जना विदेशी नागरिक पक्राउ परेका छन । आज ९ करोड मुल्यको कोकिनसहित ३ जना विदेशी नागरिकलाई लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दक्षिण अफ्रिकी, भारतीय र तान्जानिया नागरिक रहेको व्युरोको प्रवक्ता जीवन श्रेष्ठले जानकारी दिएका छन । गएको भदौ ३ गते कतार एयरलाइन्सको विमानमार्फत् केपटाउनबाट दोहा हुँदै नेपाल आएकी दक्षिण अफ्रिकन नागरिक सिर्ले गामा २ किलो ९६६ ग्राम कोकिनसहित पक्राउ परेकी थिइन् ।

विशेष सूचनाको आधारमा कमलादीस्थित एक होटलबाट पक्राउ गरेको थियो भने कारोबारमा संलग्न भारतको व्याङ्लोर विजय सिंहलाई पनि भदौ ८ गते कमलादीबाटनै पक्राउ गरिएको श्रेष्ठले बताएका छन ।

तान्जानियाका नागरिक गेरट्रुड लियोनार्ड किमारो भने भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीको खुर्कोटबाट प्रहरीले पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस्