कुलमान घिसिङविरुद्धको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा « Arthapath.com
२० भाद्र २०७८, आईतवार

कुलमान घिसिङविरुद्धको रिट निवेदन ‘हेर्न नभ्याइने’ सूचीमा



काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर गरेको रिट आज ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

प्रधानन्यायाधीश चन्द्रशमशेर जबराको एकल इजलास आज उक्त रिटको निवेदनमा पेसी तोकिएको थियो । तर उक्त रिट निवेदन आज भने ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो ।

प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक जितेन्द्रदेव शाक्यले कुलमानको नियुक्तिविरुद्ध साउन ३२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्