आजदेखि लगानीकर्ताको रिले अनसन माइतीघरमा « Arthapath.com
२३ भाद्र २०७८, बुधबार

आजदेखि लगानीकर्ताको रिले अनसन माइतीघरमा



काठमाडौं । आन्दोलनरत लगानीकर्ता आजेदेखि रिले अनसन शुरु गर्ने भएका छन् । पूँजी बजार सुधार सङ्घर्ष समितीले आजदेखि माइतीघरमा रिले अनसन बस्ने भएका हुन् । पूँजी बजार सुधार सङ्घर्ष समितीको आयोजनामा बुधबार ३ बजेदेखि रिले अनसन सुरु गर्ने भएका हुन् ।

आफूहरुले उठाएका मागहरु सम्बोधन नभएकाले २३ गतेदेखि २९ गतेसम्म दैनिक रुपमा दिउँसो ३ बजेदेखि ५ बजेसम्म रिले अनसन गर्ने कार्यक्रम रहेको समितिले जनाएको छ ।

यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कार्यालयमा रिले अनसन बस्ने भनिएतापनि माइतिघरमा सबैलाई उपस्थित हुन समितिले आग्रह गरेको छ ।

समितिका अनुसार देशको आर्थिक तथा प्रशासनिक केन्द्र समेत माइतिघर वरिपरि भएको हुँदा आज दिउँसो ३ बजे बाट हुने रिले अनसन माइतिघरमन्डला मा बस्ने छ ।

यसअघि उक्त समितिले सोमबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाल समक्ष विभिन्न १८ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो ।


प्रतिक्रिया दिनुहोस्