प्रतिकित्ता ४२१.६३ रुपैयाँमा सनराइज बैंकको १ लाख २२ हजार शेयर बिक्रीमा « Arthapath.com
२३ भाद्र २०७८, बुधबार

प्रतिकित्ता ४२१.६३ रुपैयाँमा सनराइज बैंकको १ लाख २२ हजार शेयर बिक्रीमा



काठमाडौं । सनराइज बैंकले संस्थापक शेयर बिक्री खुला गरेको छ । सनराइज बैक लिमिटेडले भदौ १८ गतेदेखि आफ्नो स्वामित्वमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्री खुला गरेको हो ।

बैंकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको १ लाख २२ हजार २८७ कित्ता शेयर प्रतिकित्ता न्युनतम मूल्य ४२१.६३ रुपैयाँमा बिक्री खुला गरेको हो । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ । सो शेयरमा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि असोज १ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । सो शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा योग्य जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकको शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्