सिक्लेस हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा बिओके क्यापिटल नियुक्त « Arthapath.com
२३ भाद्र २०७८, बुधबार

सिक्लेस हाइड्रोपावरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा बिओके क्यापिटल नियुक्त



काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले हाल कायम चुक्ता पूँजी ८५ करोड रुपैयाँको २३.५३ प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ ।

सिक्लेस हाइड्रोपावर लिमिटेड र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडबीच भदौ २३ गते सम्झौता भएको छ । सम्झौतामा सिक्लेस हाइड्रोपावर लिमिटेडको तर्पmबाट कार्यकारी सञ्चालक सुनिल नारायण श्रेष्ठ र बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् ।

साथै, सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नै गर्ने भएको छ ।

सिक्लेस हाइड्रोपावर लिमिटेड मादि गाँउपालिका वडा नं.०१, पोखरा कास्कीमा अवस्थित १३ मेगावाट विद्युत उत्पादन क्षमता रहेको कम्पनी हो । यस कम्पनीले २०७४ साल चैत्र १९गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरी पूर्ण सञ्चालनमा आइसकेको छ । र यस कम्पनीले गत आ.व.मा नगद लाभांश समेत वितरण गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्