संसदमा एमालेको नाराबाजीपछि कारवाही गर्ने सभामुखको चेतवानी « Arthapath.com
२३ भाद्र २०७८, बुधबार

संसदमा एमालेको नाराबाजीपछि कारवाही गर्ने सभामुखको चेतवानी



काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा नाराबाजी गरेको छ । आफूले कारबाही गरेका सांसदलाई सभामुखले समयमै पदमुक्त नगरेको भन्दै प्रश्न उठाएको एमालेका सांसदहरुले नाराबाजी गरेका हुन् ।

यता सभामुख अग्नि सापकोटाले देशमा संविधान र कानून रहेको भन्दै मर्यादावाहिर गए कारवाही गर्ने चेतावनी दिएका छन् । सभामुखले प्रतिनिधिसभा नियमावलीको खण्ड ख र घ बमोजिम अघि बढ्ने चेतावनी दिएका हुन् । तर, नाराबाजी नरोकिएपछि १५ मिनेटलाई बैठक स्थगित भएको छ ।


प्रतिक्रिया दिनुहोस्