थप १ हजार ६४० जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु « Arthapath.com
२३ भाद्र २०७८, बुधबार

थप १ हजार ६४० जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ७६७ पीसीआर परीक्षण गर्दा १ हजार ३४७ जना र ३ हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको कूल संख्या ७ लाख ७३ हजार ५२९ जना पुगेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १० हजार ८८ढ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा २ हजार १६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३३ हजार १६१ जना पुगेका छन् ।

हाल देशभरि २९ हजार ४७९ जना संक्रिय कोरोना संक्रमित रहेका छन् । जसमा २५६ जना संक्रमित क्वारेन्टाइनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्