थप १ हजार २७१ जनामा कोरोना संक्रमण हुँदा १ हजार ८४५ जना संक्रमणमुक्त « Arthapath.com
२४ भाद्र २०७८, बिहीबार

थप १ हजार २७१ जनामा कोरोना संक्रमण हुँदा १ हजार ८४५ जना संक्रमणमुक्त



काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार २७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २० घण्टामा ८ हजार ८९८ पीसीआर परीक्षणमा १ हजार ५८ र ३ हजार ४६ एन्टिजेन परीक्षणमा २१३ जना गरी १२७१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको कूलय संख्या ७ लाख ७४ हजार ५८७ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १ हजार ८४५ रहेको छन् । योसहित नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ३५ हजार ६ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९०३ जना पुगेका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ६७८ जना रहेका छन् । जसमध्ये २६ हजार ८८६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ७९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्