गठबन्धन नेतासँग देउवाले मागे मन्त्रीको नाम, छिट्टै मन्त्रिपरिषद बिस्तार हुने « Arthapath.com
२५ भाद्र २०७८, शुक्रबार

गठबन्धन नेतासँग देउवाले मागे मन्त्रीको नाम, छिट्टै मन्त्रिपरिषद बिस्तार हुने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनका नेताहरुसँग मन्त्रीहरुको नाम मागेका छन । आज बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नाम छिटो दिन आग्रह गरेको स्रोतले जनाएको छ ।

बालुवाटारमा भएको बैठकमा देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।

देउवाले मन्त्रीपरिषद विस्तार गर्न ढिलो भएकाले आ–आफ्नो पार्टीमा मन्त्रीहरुको नाम टुंग्याउन आग्रह गरेका नेपाल निकट एक नेताले जानकारी दिएका छन ।मन्त्रीबन्नेहरुको नाम साँझसम्म टुङ्ग्याउने र एक दुई दिनमै मन्त्रिपरिषद बिस्तार गर्ने बारेमा पनि बैठकमा सहति भएको स्रोतले जनाएको छ । 

असार २९ गते प्रधानमन्त्रीको शपथ ग्रहण गरेका देउवाले हालसम्म मन्त्रिपरिषद विस्तार गरेका छैनन् । हाल माओवादीबाट २ र काङ्ग्रेसबाट ३ जना गरी ५ जना मन्त्री मात्रै सरकारमा सहभागी भएका छन ।


प्रतिक्रिया दिनुहोस्