धितोपत्र बोर्डको निमित्तको जिम्मेवारी निरज गिरीलाई « Arthapath.com
२९ भाद्र २०७८, मंगलवार

धितोपत्र बोर्डको निमित्तको जिम्मेवारी निरज गिरीलाई



काठमाडौं । नियामक निकाय नेपाल धितोपत्र बोर्डको निमित्त अध्यक्षमा बोर्डका कार्यकारी निर्देशक निरज गिरी नियुक्त भएका छन् । अर्थ मन्त्रालयले सोमबार गिरीलाई बोर्डको दैनिक प्रशासनिक कार्य र बोर्ड सञ्चालन गर्न जिम्मेवारी दिएको हो ।

अध्यक्ष भिष्मराज ढुङ्गाना निलम्बित भएसँगै अर्थमन्त्रालयले बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी गिरीलाई दिएको हो । गिरी बोर्डका कार्यकारी निर्देशक समेत हुन् । उनले अर्को निर्णय नभएसम्म बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।

सर्वाेत्तम सिमेन्टको शेयर प्रकरणमा मुछिएपछि केही समयदेखि नेतृत्वविहीन भएको थियो । बोर्डका अध्यक्षले गरेको शेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको छ । उक्त समितिमा विज्ञ सदस्यका रुपमा नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का छन् ।

छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए । कानून विपरित सर्वोत्तम सिमेन्टको सेयर छोरिको नाममा खरिद गरेको विषयमा उनको छानबिन भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्