आजदेखि दुई कम्पनीको शेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन दिन ? « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

आजदेखि दुई कम्पनीको शेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन दिन ?



काठमाडौं । विभिन्न २ कम्पनीको संस्थापक शेयर बिक्री खुला गरिएको छ । एनआईबिएल एस क्यापिटल लिमिटेडले मञ्जुश्री फाइनान्स र ज्योति विकास बैंकको संस्थापक शेयर आज (भदौ ३१ गते, बिहीबार) देखि लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री खुला गरेको हो ।

क्यापिटलले मञ्जुश्री फाइनान्सको ९५ हजार १६६ कित्ता र ज्योति विकास बैंकको १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर लिलाम बिक्री गरेको हो । उक्त संस्थापक शेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आज भदौ ३१ गतेदेखि कात्तिक ३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन् ।

मञ्जुश्री फाइनान्सको शेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ र ज्योति विकास बैंकको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताहरुले दुवै कम्पनीको शेयरमा न्युनतम १ हजार कित्तादेखि र अधिकतम सम्पूर्ण कित्ताको आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले मुक्तिनाथ क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र कात्तिक ४ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालय, लाजिम्पाट, काठमाडौंमा खोलिने कार्यक्रम तय भएको छ ।


प्रतिक्रिया दिनुहोस्