नेप्सेको सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले ३ दिनसम्म सबै सिस्टम बन्द « Arthapath.com
१ आश्विन २०७८, शुक्रबार

नेप्सेको सिस्टम स्तरोन्नति गर्नुपर्ने भएकाले ३ दिनसम्म सबै सिस्टम बन्द



काठमाडौं । आजदेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को वेभसाइट बन्द हुने भएको छ । नेप्सेको वेभसाइट स्तरोन्नति गर्नुपर्ने भएकाले आजदेखि ३ दिनसम्म नेप्सेको वेभसाइटका सेवाहरु बन्द हुने भएका हुन् ।

नेप्सेका अनुसार असोज १ गते, शुक्रबारदेखि असोज ३ गते, आइतबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से० को वेभसाइटको सेवाहरू सबै बन्द हुने छ । डाटा स्तरोन्नति गर्नुपर्ने भएकाले ३ दिन सबै सिस्टमहरू नचल्ने नेप्सेले जानकारी दिएको हो ।

यसअघि पनि नेप्सेले डाटा सेण्टरको अपग्रेड गर्नुपर्ने भएकाले २ दिन वेबसाइट बन्द गरेको थियो । नेप्सेले पुरानो वेबसाइट बन्द गरेर नयाँ साइट ल्याएको हो । सोही बमोजिम पुरानो साइटमा भएका डाटा नयाँमा ल्याउनुपर्ने भएकाले साउन २२ गते २ शुक्रबार र साउन २३ गते शनिबार नेप्सेको साइट बन्द गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्