साधना लघुवित्तले दियो धितो कर्जा व्यवस्थापन तालिम « Arthapath.com
५ आश्विन २०७८, मंगलवार

साधना लघुवित्तले दियो धितो कर्जा व्यवस्थापन तालिम



काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेड धितो व्यवस्थापन तथा कर्जा वयवस्थापन तालीम दिएको छ । लघुवित्तले गण्डकी प्रदेश अन्तर्गत रहेका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई गोरखा प्यालेस गोरखामा २ दिने धितो कर्जा व्यवस्थापन तालिम प्रदान गरेको हो ।
धितो कर्जा व्यवस्थापन तालीममा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले धितो कर्जाको व्यवस्थापन, प्रभावकारी धितो निरिक्षणका आधारभुत ज्ञान कौशल एवम् कर्मचारीहरुको सिकाई उपलब्धीको मापन, उत्पादकत्व क्षमताको अभिवृद्धि, गरी संस्थागत व्यवसाय प्रवर्द्धन गर्न साथै शाखा प्रमुखहरुमा वित्तीय संस्थाको समयसापेक्ष परिवर्तित कर्जा निती नियमहरुको जानकारी र व्यवस्थापन गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताएका थिए ।

तालिममा २६ वटा शाखा कार्यालयमा कार्यरत २७ जना शाखा प्रमुखहरुको सहभागीता रहेको रहेका लघुवित्तले जानकारी दिएको छ ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपालको विकट तथा ग्रामिण जिल्लामा विभिन्न ८६ वटा शाखा कार्यालयहरु मार्फत हाल ७५ हजार भन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा दिदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्