सडक निर्माणको ठेक्का नेपाली सेनालाई « Arthapath.com
३ असार २०८२, मंगलबार

सडक निर्माणको ठेक्का नेपाली सेनालाई



काठमाडौं । सडक निर्माणको ठेक्का नेपाली सेनालाई दिने सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले सल्लीसल्ला– सिमिकोट खण्डको डुल्लीकुनादेखि लालीबगर सडकखण्डको ७ कि.मि. र लैफुबद्री गाउँदेखि हुक्का खोलासम्म १३.५ कि.मि सडकखण्डको ट्रयाक निर्माण कार्यको ठेक्का नेपाली सेनालाई दिने निणर्य गरेको हो ।

त्यसैगरी बैठकले ओली सरकारले राजनितिक नियुक्क्ती गरेको राजदुत फिर्ता बोलाउने, कोभिड–१९ सङ्कट व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गर्ने, औषधि ऐन, २०३५ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने जस्ता निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्