सुन तोलामा ५ सयले घट्यो, तोलामा कति ? « Arthapath.com
७ आश्विन २०७८, बिहीबार

सुन तोलामा ५ सयले घट्यो, तोलामा कति ?



काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज बिहीबार सुन तोलामा ५ सय र चाँदी १० रुपैयाँले घटेको छ ।

आज बिहीबार छापावाला सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ, तेजाबी सुनको भाउ ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार १५५ रुपैयाँ कायम गरिएको छ ।


हिजो बुधबार सुन तोलामा ९ सय र चाँदी २५ रुपैयाँले बढेर छापावाला सुन तोलाको ९० हजार १०० रुपैयाँ, तेजाबी ८९ हजार ६५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्