नेपाललाई ८७ अर्ब सहयोग गर्ने विश्व बैंकको घोषणा « Arthapath.com
१९ असार २०८२, बिहीबार

नेपाललाई ८७ अर्ब सहयोग गर्ने विश्व बैंकको घोषणा



काठमाडौँ । विश्व बैङ्कले ८७ अर्ब रुपैयाँ अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेको हो । कोरोना भाइरस सङ्क्रमणका कारण पहिलेकै ल्याउन गरिने प्रयासलाई घोषणा गरेको हरित, दिगो र समावेशी विधिमार्फत लागू गर्ने घोषणा गरेको नेपाल सरकारलाई विश्व बैङ्कले ८७ अर्ब रुपैयाँ अनुदान सहयोग घोषणा गरेको हो ।

विश्व बैङ्क र बेलायती दातृ संस्था सिडिओ संयुक्तरुपमा ७.४ अर्ब अमेरिकी डलर सहयोगको घोषणा गरेको हो । यसमध्ये ३.२ अर्ब अमेरिकी डलर(३७ अर्ब ६४करोड रुपैयाँ) सहयोगको घोषणा पहिले नै गरिएकोमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा दातृ संस्थाले थप ४.२ अर्ब अमेरिकी डलर(४९ अर्ब ४० करोड रुपैयाँ) सहयोगको घोषणा गरेका छन् ।

कोभिड–१९ महामारीले निम्त्याएको सङ्कटबाट नेपालको पुनरुत्थानका लागि प्राथमिकताका क्षेत्रमा लगानी गर्नका लागि यस ग्रिड रणनीतिक कार्य योजनाले अन्तर्राष्ट्रिय र घरेलु लगानीहरूको समन्वय गर्ने विश्व बैङ्कले जनाएको छ ।

 उक्त कार्यक्रममा बोल्दै “कोभिड–१९बाट नेपालको पुनुरूत्थानलाई सघाउने यस हरित, उत्थानशील, र समावेशी विकास योजनाको लागि नेपाल सरकार प्रतिबद्ध छ जसले नेपालमा जलवायु परिवर्तनका चुनौतीहरू र बढ्दो असमानताहरूको सम्बोधन गर्न सघाउनेछ ।” अर्थमन्त्री बताएका छन् । “नेपालको सबल र उत्थानशील पुनर्निर्माण लागि हामी विकासका साझेदारहरू र निजी क्षेत्र लगायतका मुख्य सरोकारवालाहरूसँग मिलेर काम गर्न उत्सुक छौँ ” उनले भने ।


प्रतिक्रिया दिनुहोस्