फेरी घट्यो सुनचाँदीको भाउ « Arthapath.com
१४ आश्विन २०७८, बिहीबार

फेरी घट्यो सुनचाँदीको भाउ



काठमाडौँ ।  आज बिहीबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । हिजो १ सयले घटेको सुनको मूल्य आज २ सय र चाँदी ३५ रुपैयाँले घटेको छ । 

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ८८ हजार ७ सय तेजाबी सुन ८८ हजार २ सय ५० र चाँदी १ हजार १ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

हिजो बुधबार सुन तोलामा १ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८८ हजार ९ सय र तोजावि सुन ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी हिजो चाँदीको भाउ स्थिर रहदै १ हजार १ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार सुन तोलामा ३ सय रुपैयाँले घटेर छापावाला सुन तोलाको ८९ हजार रुपैयाँ, तेजावी सुन ८८ हजार ५५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्