सिवाईसी नेपाल लघुवित्त ३.९५ करोडको आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा « Arthapath.com
१५ आश्विन २०७८, शुक्रबार

सिवाईसी नेपाल लघुवित्त ३.९५ करोडको आईपीओ निष्काशनको अनुमति माग्दै धितोपत्र बोर्डमा



काठमाडौं । सीवाईसी नेपाल लघुवित्तले आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री गर्न सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रक्रिया अगाडि बढाएको हो ।

लघुवित्तले सर्वसाधारणलाई ३ करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ३ लाख ९५ हजार ३३६ कित्ता शेयर आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

लघुवित्तले आईपीओ निष्काशन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवदेन दिएको छ । लघुवित्तले धितोपत्र शेयर बिक्री गर्न अनुमति माग्दै असोज ११ गते निवेदन दिएको हो । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । धितोपत्र बोर्डले स्वीकृति दिएपछिमात्रै लघुवित्तले आईपीओ निष्काशन तथा बिक्री गर्ने छ ।

बाग्लुङ जिल्लाको बाग्लुङ बजारमा केन्द्रीय कार्यालय रहेकोे नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको संस्थाले हालै मात्र म्याग्दी जिल्लाको बेनीमा केन्द्रीय कार्यालय राखी गण्डकी प्रदेशमा मात्र लघुवित्त कारोबार गरिरहेको शालीग्राम लघुवित्त वित्तीय संस्थालाई नेपाल राष्ट्र बैकको स्वीकृति लिई एक्विजिशन (प्राप्ति) गरेको थियो ।

एक्विजिशनपश्चात् वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ र जारी पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७.०४ रुपैयाँ पुगेको छ । संस्थापक समुहको ६७.५० प्रतिशत शेयर रहेको यस वित्तीय संस्थामा १ वटा संस्था सहित ९९ जना संस्थापक शेयरधनीहरुबाट ८ करोड २१ लाख ८ हजार २ सय ४० रुपैयाँ बराबरको शेयर पूँजी चुक्ता भैसकेको छ ।

वित्तीय संस्थाले हाल ३७ वटा शाखा कार्यालयहरु मार्फत राष्ट्रियस्तरमा ४७ हजार भन्दा बढी विपन्न परिवारलाई समूहमा आवद्ध गरी वित्तीय सेवा दिंदै आईरहेको छ । विगत २१ वर्ष देखि नेपाल राष्ट्र बैंकबाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई लघुवित्तीय कारोबार गर्दै आईरहेको चारतारे युवा क्लब, नेपालले नेपाल राष्ट्र बैंकबाट सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाउँमा मिति २०७५ साल माघ २८ गते ईजाजतपत्र प्राप्त गरी मिति २०७५ चैत १ गतेका दिनदेखि सम्पूर्ण वित्तीय कारोबारहरु यथावत रुपमा सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्