सापकोटा र यादव बने आइएमई डबलको डबलको डबल अफरका दोस्रो हप्ताका विजेता « Arthapath.com
१७ आश्विन २०७८, आईतवार

सापकोटा र यादव बने आइएमई डबलको डबलको डबल अफरका दोस्रो हप्ताका विजेता



काठमाडौँ । आइएमई डबलको डबलको डबल अफरका दोस्रो हप्ताका विजेता घोषित भएका छन् । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर अन्तरगत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको हो जसअनुसार प्रदीप सापकोटा र अशोककुमार यादव दोस्रो हप्ताको विजेता बनेका छन् ।

सापकोटा र यादवले  क्याओदाइ रेमिट जापान र रिया फाइनान्सियल सर्भिस मलेसियाबाट अफर अवधिमा क्रमशः ३६ हजार २ सय ७८ र ३१ हजार ६ सय ५३ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । अफर अन्र्तगत वितेताको परिवारले क्रमशः ७२ हजार ५ सय ५६ र ६३ हजार ३ सय ६ रूपैयाँ उपहार स्वरूप आईएमईले प्रदान गर्नेछ । 

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर यहीँ असोज १ देखि कार्तिक २६ गतेसम्म ५७ दिनका लागि सञ्चालनमा रहनेछ ।

अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५,००० भन्दा बढी एजेन्टहरू वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैङ्क ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डबल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरूलाई पठाएको रकमको डबलको डबल (चौगुना) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबल (आठ गुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरिनेछ । साथै आइएमई पे मा रकम प्राप्त गर्दा  २०० थप बोनसको व्यवस्था मिलाइएको छ ।

 
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र सर्तहरू निर्धारण गरेको छ । सेवा र सर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिने कम्पनिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्